के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

10 August 2012

A description of tamang-tamandas


   तामाङहरुको आफ्नै भाषा र तामहिग लिपि छ । भाषाशस्त्रीहरुले भनेझैँ तिनीहरु थर अन्तर्गत पर्न आउँछ । तर त्यो के हो भनेर अहिलेसम्म खोजी भएको छैन । साथै तामाङ भाषा र लिपिको नेपालकै अन्य लिपि एवं भाषाहरुबीच के सम्बन्ध छ भनी गहन अध्ययन गरिएको छैन ।

तामाङहरु मिश्रित रक्तका संङ्कर वा सन्तति हुन् भनिएको छ । तर कुन कुन रक्तका संङ्कर हुन् भनी खोजी भएको छैन । अरु समाजझैँ तामाङ समाजमा पनि विभिन्न थरहरु छन् । तर तामाङका यी थरहरुबीच आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक स्थिति पनि बराबर छ कि छैण भनी अध्ययन भएको छैन ।
तामाङ समाज व्यवस्थित गर्ने आफ्नै संगठन छ । त्यस संगठन र सरकारी एवं गैर सरकारी संगठनबीच के कस्तो तालमेल छ ? अर्थात, अहिलेका विकासे संस्कुतिले त्यास संगठनलाई कत्तिको आत्मसात गरेको छ वा छैन वा त्यसमाथि के कस्तो प्रभाव परेको छ ? भन्ने खाले प्रश्नहरुको गहन अध्ययन भएको छैन । प्रत्येक कार्यमा खासगरि पुरुषहरुले मात्र भाग लिएको देखिन्छ । यस कार्यमा किन कहिमाहरुले कमै मात्रमा भाग लिएका होलान् भनेर अध्ययन भएको छैन ।

यिनीहरुमा पनि जग्गा सम्बन्धी आफ्नै किपट प्रणाली छ । यसका लागि तालुकदार भन्ने व्यक्तिको व्यवस्था हरिएको हुन्छ । तालुकदारले नै आम्दानीको कर उठाउँने गर्दछ । यससँग सरकारी व्यवस्था कत्तिको मिल्छ ? यसबाट तामाङहरुलाई सजिलो वा अप्ठेरो के भएको छ ? यी कुराहरुमा अनुसन्धान गरिएको छैन ।
तामाङहरुको जीवनमा घेवा अन्त्यष्टिक्रियाको अभिन्न अंक मानिन्छ । घेवा गराउँदा ठूलो तयारी गर्नुपर्ने हुदाँ यसलाई सम्पन्न गराउँन एउटा संगठन नै बनेको हुन्छ । त्यासमा भाग लिने व्यक्तिको कार्य विभाजन पनि गरिएको हुन्छ । जस्तो लामाले पुरोहितको काम गर्ने, उक्जेले बाजा बजाउने काम गर्ने, लाइवाले खानपानको व्यवस्था गर्ने काम गर्ने, कतुवाइकेले संयोजकको काम गर्ने, च्याङलाले सगुन वितरकको काम गर्ने र च्युवाले भाँडाकुडाँको व्यवस्था हर्ने काम गर्दछ । यस्ता विभाजित प्रत्येक कार्यमा खास गरि पुरुषहरुले मात्र भाग लिएको देखिन्छ । यस कार्य किन कमै महिलाहरुले मात्र भाग लिएका होलान् भनी अध्ययन भएको छैन । तामाङ जातिमा अन्त्यष्टिक्रिया गर्दा घेवा गर्ने चलन छ । त्यस्तै अन्य जनजातिहरुको अन्त्यष्टिक्रियाभिच के समानता र असमानता छ भनी अध्ययन गरिएको छैन ।

तामाङहरु निङमापाका र ग्यालोक्पाका समूहमा बाँडिएको छन् । यी दुई समूहबीच शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक समानता छ कि छैन भनी खोजी भएको छैन ।

तामाङका आफ्नै पुरेत लामा हुन्छ । तिनको र अन्य जात जातिहरुको कर्मकाण्डबीच के कस्तो समानता र असमानता छ भनी खोजतलास गरिएको छैन । यिनीहरुको आफ्नै गीत संगीत छन् । तिनमा म्हेन्दोमायागीत, भोटेसेलो, तामाङसेलो, हवाईगीत(साइकोलेगीत), फावरगीत, ताम्वाकाइतेनगीत र देउतागीत प्रमूख छन् लोकनृत्यहरुमा डम्फुनाच, दोरानाच, म्हेन्दोमायानाच, सरस्वतीनाच, देउतानाच उल्लेखनीय छन् । तर यी नाच र गीतहरुमा गहन शोध भएको छैन । त्यस्तै तामाङ लगायतमा केहि जातिहरुले डम्फु बजाउँछन् र नाचछन् । तर तामाङ र अन्य जातिको डम्फुनाच र गीतमा के समानता र के भिन्नता छ भनी उल्लेख्य अध्ययन भएको छैन ।

                     (क) जातीय संरचना

(अ) योहो (अध्यक्ष)
(आ) मुल्मी (गाउँको मुखिया)
(इ) ङप्ता (पुरोहित लामा)
(ई) बोन्पो (धामी र निम्नकोटीको पुरोहित)
(उ) ङोप्ता (साधु)
(ऊ) आला (ठालु)
(ऋ) तोम्बा (वंशावली लेखक)
(लृ) गुरमी (सचिब)

                       (ख) घेवा सम्पन्न गर्नको लागि तयार पारिएको सामाजिक संगठन

(अ) लामा ( पुरोहितको काम गर्ने)
(आ) उक्जे (बाजा भजाउने काम गर्ने)
(इ) लाइवा (खानपानको व्यवस्था गर्ने)
(ई) कतुवाइके (संयोजक)
(उ) च्याङला (सगुन वितरक)
(ऊ) च्युवा (भाँडाकुँडाको व्यवस्था गर्ने)

                                                                         (स्रोत: पहाडी बोलीचाली; पेज: ५५६-५५८)
Post a Comment