के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

28 December 2012

तामाङ ल्होछार र ल्होखोर्लो Tamang Lhochhar and Lhokhorlo (Lunar new year)


                     विश्वमा चलनमा हरेको विभिन्न गनणा झैँ तामाङहरुको पनि छुट्टै पात्रो छ । तामाङहरुको पात्रो चिनियाँहरुको पात्रोसँग ठ्याक्कै मिल्छ । भन्नुको मतलब तामाङहरुले पनि चिनियाँहरुले झैँ चन्द्र वर्षा पात्रोको प्रयोग गर्छ । जुन पात्रो माघ शुक्लपक्ष प्रतिपदा परेवाका दिन देखि सुरु हुन्छ, अथवा यो दिनलाई नेपालका तामाङ जातिले नयाँ वर्षाका रुपमा मनाउँछ । नयाँ वर्षालाई तामाङहरु "ल्होछार" भन्छन् । नेपालको परिवर्तित प्रशासनले तामाङहरुको नयाँ वर्षा अर्थत सोनाम ल्होछारको दिन सरकारी विदा दिने गरेको छ । ल्होछारलाई नेपालका तामाङ जातिले मात्र नभइ अन्य जातिहरु ह्याल्मो, शेर्पा, भोटे, गुरुङ, मनाङ्गे, थकाली, दुरा, जिरेल, ल्होप्पा, लेच्चा, भुटिया, तोप्केगोला, ओलाचुङ, होलुङ, सिङसा, ल्होमी, डोल्पो र मुगुम्पा जातिले मनाउँछ । तर यी सबै जातिमा ल्होछार मनाउँने दिन र लेखाइमा पनि एकरुपता भने छैन । तामाङ, गुरुङ र थकालीले ल्होछार लेख्छन् भने अल्पसंख्यामा रहेका जातिहरु शेर्पा, ह्योल्मो, मनाङ्गे, लोप्केगोला, सिङसा, लोमी, होलुङ आदिले लोसारको प्रयोग गर्छन् । ल्होछार र लोसार जे जस्तो लेखे पनि दुवैले दिने अर्थ भने एउटै लाग्छ । "ल्होछार" र "लोसार" ले सम्वत, साल, वर्ष वा पाँच तत्वमा आधारित १२ जीवजन्तुको नाममा उमेर बुझाउँने वर्ष आदिलाई बुझाउँछ । यही वर्ष, साल, सम्वत, उमेर फेरिने वा बदल्ने उत्सव वा चाड मनाउने परम्परा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा संसारभरि नै पाइन्छ । विशेष गरेर ल्होछार वा लोसार चाड नेपालको सम्पूर्ण हिमाली तथा पहाडी प्रदेश तिब्बत, मंगोलिया, सिँगापुर, मलेशिया, कोरिया, जापान, लाओस, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, बर्मा, भूटान लगायत भारतको लद्दाख, हिमाञ्च आदिस्थानमा मंगोलमूलकीहरुले महत्वका साथ मनाउने गरेको पाइछ । यो उत्सव मुख्यतया परम्परागत चन्द्रपात्रो (Lunar Calendar) तथा पाश्चात्य ग्रेगोरियन भारतिय कालचक्र तथा शिवतन्त्र पात्रोमा आधारित भएको पाइन्छ । चन्द्रपात्रोमा विश्वास राख्नेहरुले चन्द्र नयाँ वर्षा (Lunar New Year) चन्द्रवर्षाको पहिलो महिनाको, पहिलो दिन चन्द्र नयाँ वर्षा (Lunar New Year) आरम्भ हुने दिन ल्होछार वा लोसार मनाइन्छ । तर अपवादको रुपमा नेपालमा गुरुङ्ग जातिले भने यही उत्सव सूर्य पात्रोको सौरमास पौष १५ गतेका दिनलाई ल्होछार मानिआएको छ । ‘ल्हो’ वा ‘लो’ र ‘छार’ वा ‘सार’ को अर्थ ल्होछार वा लोसार बारे हामीले प्रशस्तै छलफल गर्नु अघि त्यसको शाब्दिक खास अर्थ जान्नु आवश्यक छ । तसर्थ त्यसबारे प्रचलनमा पाइएका अर्थलाई यहाँ प्रस्तुत गरिएको छ । “ल्होछार वा लोसार” पहाडी तथा हिमाली आदिवासी जनजातिहरु र चिनियामूलकीहरुले मनाइने ‘चन्द्र नयाँवर्ष’ उत्सव वा पाँच तत्वहरुमा आधारित वर्ष चक्रको वर्ष फेरिने प्रकृयालाई बुझाउन प्रयोग भइराखेका पदावलीहरु हुन् । यो पर्वलाई आत्मसाथ गर्ने जातिहरुमध्ये सबैभन्दा ठूलो जनसंख्या रहेको तामाङ्ग र त्यसपछिको भाषामा नयाँवर्ष उत्सव आरम्भ वा नयाँ वर्ष भन्ने बुझाउन ‘ल्होछार’ पदावलीको प्रयोग भएको पाइन्छ । त्यस्तै तिब्बतीहरुसँग बढी निकट मानिने तामाङ्ग तथा गुरुङ्ग जातिको तुलनामा अल्पसंख्यामा रहेका जातिहरु शेर्पा, ह्योल्मो, मनाङ्गे, लोप्केगोला, सिङसा, लोमी, होलुङ आदिको भाषामा ‘लोसार’ पदावलीले नयाँवर्ष भन्ने बुझाउँछ । यहाँ तिब्बती भाषालाई मूलभाषा मान्दा ‘लोसार’ तत्सम शब्द हो अर्थात् तिब्बती भाषाबाट जस्ताको तस्तै आएको छ । तर तामाङ्ग, गुरुङ्ग तथा थकालीको भाषा तद्भव भएर ‘ल्होछार’ मौलिक शब्दको रचना भएको पाइन्छ । ‘ल्होछार वा लोसार’ परम्परा खगोलशास्त्र अनुसार सूर्य र चन्द्रमाको गतिसँग सम्बन्धित नभएर बाह्र जीवजन्तुहरुको नाम र तिनमा प्रभाव पार्ने पाँच भौतिक तत्वहरुको आधारमा सृजित राब्ज्यूङ ल्होखोर (६० वर्षे वर्षचक्र) चन्द्रपात्रोमा आधारित विश्वको सबैभन्दा पुरानो परम्परा मानिन्छ । यसको आजभन्दा ४७०० वर्ष अगाडी सुरु भएको तथ्य चिनिया खगोलशास्त्रको इतिहासमा पाइन्छ । यो खगोलशास्त्र तथा ज्योतिषशास्त्र एवं पश्चिमी प्रसिद्ध ग्रेगोरिएन पात्रो र बौद्धदर्शनमा आधारित कालचक्र पात्रो अथवा सौर्य पात्रोसँग तथा चन्द्र, सूर्य तथा ग्रह नक्षत्र आदिमा आधारित वैज्ञानिक खगोलशास्त्रको प्रयोग तथा व्याख्यासँग पनि सम्बन्ध रहेको हुन्छ । जे जस्तो भए पनि ल्होछार भनेको वर्षा फर्नु हो । यो वर्ष प्रणालीमा वर्षहरुलाई वर्षाचक्र (ल्होखोर्लो ) मा १२ जीवजन्तुहरुको नामबाट पुकारिन्छ । जसको तामाङ्ग नामाकरण निम्न अनुसार छन् : 
क्र. सं. प्रचलित नेपाली तामहिग 'तामाङ' English Images
जिवा मुसा ङ्याम्ङ्यु 'नाम्युङ' Rat Click here for Image
लङ गोरु ग्लाप Ox Click here for Image
ता बाघ च्यान 'चेन' Tiger Click here for Image
हे खरायो 'बिरालो' खरा 'तावर' "गुरी" Rabbit/Cat Click here for Image
ब्रुब गरुड मु 'पुख्री' Large Vulture Click here for Image
ब्रुल सर्प सा 'पुख्री' Snake Click here for Image
ताग घोडा ताबू 'ता' Horse Click here for Image
लुग भेँडा थ्यु 'ग्यु' Sheep Click here for Image
प्रे बाँदर माकार 'तीम्ङ्यु' Monkey Click here for Image
१० ज्या पन्छी नामे 'ङ्याम्ङ्या' "नाका" Bird/Hen Click here for Image
११ खि कुकुर नाकी 'निअी' Dog Click here for Image
१२ फा बँदेल डोवा 'तिली' "डोगा" Boar/Pig Click here for Image

                          यसलाई १२ वर्षचक्र “ल्होकोर च्युनी वा ल्होखोर च्युअीङी” भनिन्छ । यो ल्होकोर च्युङीसँग अगाढ सम्बन्ध राख्ने पाँच तत्वहरु अर्थात् ‘खाम– ङा’ तामाङ्ग भाषामा निम्न अनुसार छन्:
क्र. सं. तामहिग नेपाली English Images
सीङ काठ Wood Click here for Image
मे आगो Fire Click here for Image
सा पृथ्वी Earth Click here for Image
फाअी फलाम Iron Click here for Image
क्युअी पानी Water Click here for Image

                          यी खामहरुको पनि दुई प्रभाव ‘याब र युम’ पुरुष र स्त्री हुन्छ । यो पाँच खाम चक्रले एउटा १२ वर्ष चक्र पुरा गर्दा ६० वर्ष, एक राब्ज्युङ ल्होकोर अर्थात् बृहस्पति वर्षचक्र पूरा हुन्छ । यसैलाई एक सम्वत् भनिन्छ ।    
Post a Comment