के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

देशको लागि Deshko lagi-Aisingh Dimdung Tamang tamandas


देशको लागि
                                                    मिति: २०६२।०३।१९
आफ्नो ज्यानको वाजी लगाएर ।
रातो रगत धर्तीलाई चढाएर ।
आँधी बेरी जस्तै तिब्र बनेर ।
आफ्नो मुटुलाई ढुङ्गा बनाएर ।


जन्म भुमि म तिमीलाई माया गर्छु ।
तिमीलाई बँचाउन माटो बन्नेछु ।
तिम्रो लागि अमुल्य कार्य गर्नेछु ।
अपरिहार्य कार्य तिम्रै निम्ति गर्नेछु ।


तातो गोली आफ्नो छातीमा थापेर ।
आफ्नो कर्तव्यको पालना पूरा गरेर ।
तिम्रो निम्ति धर्तीमा वलिदान दिनेछु ।
तिम्रो सपना पूरा गर्न हरपल खटिरहनेछु ।


तिम्रो सेवा गर्न बन्नेछु म अमर ।
सबैले गर्नेछ तिम्रो बयान र आदर ।
तिमीलाई राख्नेछु छातीमा गरेर माया ।
तिमीमाथि पर्न दिने छैन शत्रुको छायाँ ।


धुँलो माटो पानी सबैमा रमाउँनेछु ।
भोलिको अनमोल सम्पतिलाई बँचाउँनेछु ।
जन्मे म केवल यो देशको लागि ।
केही गरेर मर्नेछु केवल यो देशको लागि ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"
Post a Comment