के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

हाम्रो चिनारी Hamro chinari


हाम्रो चिनारी

                                              मिति: २०६३।०२।१४
दौरासुरुवाल पटुकी यो हाम्रो चिनारी ।
खोलानाला डाँडापाखा छ यहाँ देश भरि ।
सांस्तकृतिक विविधताको सुन्दर फुलवारी ।
ढाका टोपी फरिया यो हाम्रो चिनारी ।


नरसिंहा झ्याली सहनाई र बाँसुरी ।
झ्याउरे र रोदी गुञ्‍जिन्छ लोक लहरी ।
सगरमाथा लालीगुराँस र डाँफेको देश ।
जाति-उपजातिका लवाइ खवाइ भाषा र भेष ।


मौलिकताको नालीबेलीले बनायो मनोहरी ।
प्राकृतिक पर्खाल रहेको छ हिरासरी ।
कुञ्‍जबाट कोइलीले सुनाउँछे गरिमामयको कथा ।
अनुभव गर्नु पर्छ मधुरस र प्रमोदको अवस्था ।


कस्तुरी मृगले वनै अति सुगन्धित ।
एक सिङ्गे गैंडा सधैँ हेर्छ जोडी ढुकुरको प्रीत ।
बगी जाने खोला होइन तर नेपालीको स्तन ।
अझै भन्‍नु पर्दा छ गोरखालीको शान ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"
Post a Comment