के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

कोही छैन पराई Kohi chhaina parai-Aisingh Dimdung Tamang tamandas


कोही छैन पराई

                                                              मिति: ३०६७
हिमाल हाँसे तराई हाँस्छ तराई रोए हिमाल ।
विश्वमा शान्त र सुन्दर हाम्रो देश नेपाल ।
हिमालबाट पहाड हुँदै चिसो पानी बग्छ ।
त्यही पानीले तराईको फाँटमा धान फल्छ ।


पानी दिने हिमाललाई खाना दिनछ तराई ।
माझी थारु शर्पा भोटे छैन कोही पराई ।
पूर्वका राई लिम्बू पश्चिमका गुरुङ मगर ।
आउँन संगै नाचौँ हामी मध्यका तामाङ नेवार ।


देशैभरि छरेका छन् वाहुन र क्षेत्री ।
जनजाति होस् य दलित आउँन गाँसौँ मितेरी ।
पेशामा होइन साथी विश्वास गरौँ रगतमा ।
नारी र पुरुष दुई जात छन् यहाँ जगतमा ।


भुगोलले छुट्ट्याए नि हामी एकै देशका सन्तान ।
सन्न्यासी होस् य जोगी, साँधु पनि नेपालीजन ।
ढुंगो माटो नमिलीकन बन्दैन यो धर्ती ।
देश बन्न मिल्नु पर्छ दलित अनि जनजाति ।


हामी सबको भगवान आर्य देव पशुपती ।
घोचपेच र भेदभावलाई पखाली देऊ बागमती ।
बदलिदेऊ धर्ति माता अपवित्र सारा मति ।
कुरीतिसंग लड्न देऊ माया मलाई शक्ति ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"
Post a Comment