के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

प्राकृतिक सुन्दरता Prakritik Sundarta-Aisingh Dimdung Tamang tamandas


प्राकृतिक सुन्दरता
                                                             मिति: २०६२।०२।१२
प्रकृतिका पर्खाल हाम्रा अग्ला अग्ला हिमाल ।
सबै भन्दा प्यारो त हाम्रै देश नेपाल ।
खोलानाला डाँडापाखा हरियाली ठाउँ ।
जन्म देखि रमाएको मेरै सुन्दर गाउँ । 


हाम्रै गाउँको वनपाखामा लालीगुराँस फुल्छ ।
जता हेर्यो त्यतै राम्रो मन मेरो भुल्छ ।
सुन्दर गाउँ रमाइलो जन्म ठाउँ हुनले ।
टुरीवन राम्रो चारैतिर गुराँस फुल्नले ।


चरीको चिर्विर संगै न्यानो घाम झुल्किन्छ ।
घामसंगै भमरा र मौरी फुलवारीमा लम्किन्छ ।
बाँसुरीको धुनमा कुहु कुहु गाउँछे कोइली ।
यही तालमा सललल बग्छ मेची काली ।


खोलानाला डाँडापाखा प्रकृतिका खानी ।
कति शितल छायाँ र स्वच्छ हावापानी ।
हरियो वन बीचको त्यो सुन्दर पोखरी ।
नेपालको धन हरियो वन स्वर्गको फुलवारी ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"
Post a Comment