के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

तिम्रो कसम timro kasam-Aisingh Dimdung TAmang tamandas


तिम्रो कसम

                                                                 मिति: २०६१
जिन्दगीमा तिम्रो कसम वाचा तिम्रो तोड्दिन ।
तिमीलाई छाडी कसैलाई म माया गर्दिन ।
तिमी वाहेक अरुको दिलमा ठाउँ भए नि बस्दिन ।
जिन्दगीमा तिम्रो कसम वाचा तिम्रो तोड्दिन ।


अरुको भन्दा हामी हाम्रो छुट्टै संसार बनौँला ।
जिन्दगीको हरेक दु:ख दुवै मिली भोगौँला ।
पिरतीको एउटा नयाँ इतिहास हामी रचौँला ।
यो दुनियाँ देखि धेरै टाढा प्रीतको संसार बसौँला ।


हातमाथि हात राखी जिन्दगी भरि साथ दिउँला ।
जिन्दगीको धेरै समय हाँसी खुशी रमौँला ।
तिमीले मलाई छाडी गए नि वाचा तिम्रो तोड्दिन ।
जहाँ गएर लुके नि म तिमीलाई छोड्दिन ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"
Post a Comment