के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

03 March 2015

वितेका ती पलहरु

        बितेका ती पलहरू...........

समयसँगै बितिरहेको यो जीवन,
जीवनसँगै जोडिएका ती अविस्मरणीय क्षण।
कहिले मुस्कान दिन्छन्, यी ओठहरू,
कहिले रसाइदिन्छन्, यी आँखाहरू,
सम्झी हेर्दा, बितेका ती पलहरू ।।

खुसी हुँदा जहिले पनि, मन खोलेर हासिदिन्थे,
दु:खी हुँदा कहिले काही, आँखा छोपी रोइदिन्थे।
बिर्सेर ती सबै अतित, एकछिन् रम्न खोज्दा,
 फेरी किन याद आँउछ, समयले दिएका ती छलहरू,
सम्झी हेर्दा बितेका ती पलहरू।।

मनको व्यथा लुकाएर, हास्ने कोसिस गर्थे,
बाच्नुसँग लडी लडी, जीउने कोसिस गर्थे।
महसुस गर्छु अहिले, बाँचेर पनि मरेका ती क्षणहरू,
अनि मरेर पनि, बाँचेका ती दिनहरू,
सम्झी हेर्दा बितेका ती पलहरू।।
             
सिकेकी छु जीवनका पाठहरू, ती मेरा अतितबाट,
पाएकी छु अगाडि बढ्ने हौसला, ती मेरा पुराना दिनहरूबाट,
त्यसैले लड्नेछु जीवनका हरेक परिस्थितिसँग, भुलेर ती मेरा अतितहरू,
अनि गर्नेछु सुरूवात अब, मेरा नयाँ दिनहरू,
भरेर यसमा सुनौला अनि रमाइला पलहरू।।
                             -सकुन राई
              

                
Post a Comment