के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

16 January 2017

२८५३ औं सोनाम ल्होछार ज्याल्हो 'चरा वर्ग" विशेष सांस्कृतिक कार्यक्रम २०७३[2017]


"तामाङ्ग सोनाम ल्होछार भव्यताका साथ मनाऔं, तामाङ्ग पहिचान र संस्कृति प्रवर्द्धनका लागि एकतावद्ध हौं" भन्‍ने नाराका साथ यहि आउँदो माघ ८ गते सामरी-६, मैवलमा २८५३ औं सोनाम ल्होछार ज्याल्हो 'चरा वर्ग" विशेष सांस्कृतिक कार्यक्रम हुँदै छ। गाउँमा यस्तो खालको कार्यक्रम पहिलो पल्ट हुन लाको हो। पहिलो पल्ट हुन लाको कार्यक्रम भएको कारणले गाउँलेहरु पनि उत्साहित छन्। नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा सभासद् श्री बहादुर सिंह लामाको मुख्य अतिथ्यमा हुने कार्यक्रममा राष्‍ट्रिय कलाकारहरुले पनि मनोरञ्‍जनात्मक प्रस्तुती दिने छन्। कार्यक्रममा हाल नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका र आफूलाई नुवाकोटे छोरी भन्‍न रुचाउने लोक दोहोरी मोडल रश्मी तामाङ्गको वेजोड प्रस्तुती रहने छ।







रश्मीका अतिरिक्त म्हेन्दोमाया गायक सागर एस्. वाईबा, गायिका रितु वाईबा, सुनिता वाईबा, शिल्पा तामाङ्ग र हास्यकलाकार नीर आले मगरले पनि आफ्नो प्रस्तुती प्रस्तुत गर्ने छन्।


माघ ८ गते विहान १० बजे सुरु हुने भनिएको कार्यक्रममा कोपिला गुरुङ्गको प्रस्तुती रहने भनिए पनि आयोजकले बनाएको पोष्‍टरमा उनको नाम देखिएन।
 Image may contain: 1 person, smiling

तामाण्डास डट ब्लकस्पोट डट कम सफल कार्यक्रमको कामनाका साथमा २८५३ औं ज्याल्होको शुभकामना व्यक्त गर्दछ।



Post a Comment