के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

24 March 2017

अवार्ड गर्ल रश्मी तामाङ्गले राप्‍ती अवार्ड नि जित्‍लिन्?


वर्ष २०७३ साल लोक दोहोरी मोडल रश्मी तामाङ्गको लागि सुखद रहयो।(उनी अहिले गायिका पनि भएकी छिन्, उनले दारु पार्टी बोलको गीत गाएकी छिन्।) उनले २०७३ सालमा अवार्डमा ह्याट्रिक नै गरिन। एक पछि अर्को अवार्ड जित्‍न थाले पछि उनले अवार्ड गर्लको उपनाम नै पाइन्। २०७३ सालको अन्त्यमा हुने अर्थात् यही २०७३ साल चैत २८ गते हुने राप्‍ती अवार्डमा पनि आशिष म्युजिकको प्रस्तुती र कृष्‍ण रेउलेको आज गाँउमा बोलको गीतबाट सर्वोत्कृष्‍ट लोक दोहोरी म्युजिक भिडियो मोडल महिला विधामा मनोनयनमा परेकी छिन्। विगतमा "राप्‍ती अवार्ड" बाट वितरण भइ आएको यो अवार्ड यसपाली देखि "राष्‍ट्रिय राप्‍ती अवार्ड" को नाम बाट वितरण हुने भएको छ


आफूलाई नुवाकोटको छोरी भन्‍न रुचाउने रश्मी तामाङ्गले विगतमा झैं यसपाली पनि आफूलाई साथ दिन आफ्नो फेसबूक फ्यान पेजबाट तमाम दर्शकहरुलाई आग्रह गरेकी छिन्। उनलाई भोट गर्न आफ्नो मोबाईल सेटको मेसेज बक्समा गएर RMA स्पेस 062 टाईप गरेर ३४२४३ मा सेण्ड गर्नु पर्ने छ। यदि तपाइँ रश्मी तामाङ्गलाई अवार्ड जिताउन चाहनु हुन्छ भने अहिल्यै भोट गर्नुस्। 


रश्मी तामाङ्गका अतिरिक्त उक्त विधामा रञ्‍जिता गुरुङ्ग, पार्वती राई, सारिका के.सी. र रीना थापा मगर पनि रहेका छन्। हेरम कसले वाजी मार्छ।

Post a Comment