के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

25 March 2017

डान्सर, मोडल र नायिका पछि अब रश्मी तामाङ्ग गायिका

सिन्धु मल्‍लको तीज गीत चक्‍करै लाग्योबाट कम्मर मर्काउन थालेकी रश्मी तामाङ्गले अहिले सम्‍ममा ८ सय भन्दा बढी लोक, लोक देहोरी, तामाङ सेलो तथा आधुनिक गीतहरुमा अभिनय गरिसकेकी छिन्। यी वाहेक उनले ठाक्‍को माने नामक् तामाङ्ग फिल्ममा पनि नायिकाको रुपमा काम गरिसकेकी छिन्। डिम्पल गर्लको रुपमा उदायएकी रश्मीले मुलुकमा हुने विभिन्‍न महोत्सव र मेलाहरुमा आफ्नो कम्मर मर्काईसकेकी छिन्। मेला महोत्सवहरुमा सहभागी हुने क्रममा उनले देशका धेरै जिल्‍लाहरु घुमिसकेकी छिन्। देश वाहेक विदेशमा पनि कार्यक्रममा सहभागी हुने गरेकी छिन्। हाल सम्‍ममा उनले एक दर्जन भन्दा धेरै देशहरु घुमिसकेकी छिन्। कुनै देशमा उनी २/३ चोटी सम्‍म पनि पुगेकी छिन्। 

पछिल्‍लो समय उनले धेरै अवार्डहरु पनि हात पारिन्। धेरै जस्तो अवार्ड आफ्नो पोल्टोमा पर्न सफल रश्मी तामाङ्गले अवार्ड गर्लको उपनाम समेत पाएकी छिन्। आगामी चैत २८ गते हुने राष्‍ट्रिय राप्‍ती अवार्डमा पनि उनी मनोनयनमा पारेकी छिन्। लोक दोहोरीको दुनियाँमा आफूलाई राम्रै स्थानमा उभ्याउँन सफल रश्मी तामाङ्गले नयाँ विधामा पनि हात हालेकी छिन्। त्यो हो गायनमा। उनले रोशन सिंह र बादल थापाको साथमा दारु पार्टी बोलको गीत रेकर्ड गराई सकेकी छिन् । सम्भवत: यसको भिडियो पनि चाँडै आउने छ। तर अडियो भने रेकर्डिङ्ग स्टुडियोको केही झलकहरु र गायक गायिकाको प्रतिक्रियाको साथमा युट्युबमा सार्वजनिक भ‍एको छ। मोडल तथा नायिका रश्मी तामाङ्गको स्वरको गीत सुन्‍न चाहनु हुन्छ भने तलको लिंङ्कमा क्लिक गर्नु होला ।









Post a Comment